यस्ता छन् काफल खानुका अचुक औषधीय गुणहरू — OSNepal

यस्ता छन् काफल खानुका अचुक औषधीय गुणहरू

LC (KTM) December 21, 2021 0

काफल एक लोकप्रिय पहाडी फल हो । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ ।

पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ । पहाड तिरका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खानमा तल्लिन रहन्छन् । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।काफलका औषधीय गुणहरू‘ काफलको बोक्रा मसिनु पिधेर आँखा रातो भएमा र आँखा बिझाएमा अन्जनजस्तै लगाइदिए लाभ हुन्छ ।काफलको धूलो पारेर त्यसको नश लिए शिरको पिडा निको हुन्छ ।

काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ । बिग्रेको र चाँडै निको नहुने घाउमाकाफलको बोक्राको धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर