हाम्रो अनुहार पनि हेर्दिन भन्ने ओलीले कांग्रेसको अधिवेशनमा आफुलाई हेर्दे जाँदा रमाइलो लागेर आयो : माधव नेपाल — OSNepal

हाम्रो अनुहार पनि हेर्दिन भन्ने ओलीले कांग्रेसको अधिवेशनमा आफुलाई हेर्दे जाँदा रमाइलो लागेर आयो : माधव नेपाल

LC (KTM) December 21, 2021 0

पोखरा ६ पौष । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले संसदमा आफ्नो सहभागिताले अध्यक्ष केपी ओलीको सात्तो गएको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि ! सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ’ नेपालले भने ।

नेपालले कांग्रेसको महाधिवेशनमा ओली र आफ्नो जम्का भेट भएको स्मरण गर्दै उनले आफ्नो अनुहार समेत नहेर्ने भन्ने ओलीले आफुलाई अधिवेशनमा हेर्दै गएकोमा रमाइलो लागेको बताएका छन् ।

‘हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संजोग ! कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्‍यो । रमाइलो भयो,’ उनले भने ।

आफुहरुले भर्खरै विद्रोह गरेको, केपी ओलीको प्राइभेट कम्पनीका रुपमा रुपान्तरण भएको कथित् एमाले आफ्नो लागि पहिलो सत्रुका रुपमा सावित भएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर