विवेकशील साझाले संयोजक पाण्डेलाई पार्टीबाट निष्काशन गर्यो, आजैबाट पाण्डेले पार्टीको नाम, लेटरहेड लगायतका सामग्री प्रयोग गर्न नपाउने — OSNepal

विवेकशील साझाले संयोजक पाण्डेलाई पार्टीबाट निष्काशन गर्यो, आजैबाट पाण्डेले पार्टीको नाम, लेटरहेड लगायतका सामग्री प्रयोग गर्न नपाउने

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीले निष्काशन गरेको छ । आज मंगलबार बसेको पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठले यस्तो निणर्य गरेको हो ।

पाण्डेलाई पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न भन्दै पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

पार्टीले सार्वजनिक गरेको पत्रमा उल्लेख गरिएको छ , ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’

तर संयोजक पाण्डेले आजैबाट पार्टीलाई मुल बाटोमा फर्काउन पार्टी सुदृढीकरण अभियान घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर