मधेसी आरक्षण कोटामा पुर्व राष्ट्रपति यादवका छोरासहित उद्योगी विनोद चौधरी केन्द्रिय सदस्यमा निर्वाचित, कसले कति ल्याए मत ? — OSNepal

मधेसी आरक्षण कोटामा पुर्व राष्ट्रपति यादवका छोरासहित उद्योगी विनोद चौधरी केन्द्रिय सदस्यमा निर्वाचित, कसले कति ल्याए मत ?

LC (KTM) December 21, 2021 0

काठमाडौ ६ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जारी मतगणनामा मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन् ।

आज मंगलबार सम्पन्न भएको मतगणनमा चौधरीले निकै लोकप्रिय मत ल्याएर निर्वाचित भएका हुन् । उनीसहित पाँन जना आरक्षण कोटाबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

पहिलो स्थानमा अजय चौरासिया परेका छन् । जसले २५२२ मत ल्याएका छन् ।
दोस्रो स्थानमा २२०६ मत सहित चौधरी निर्वाचित भएका छन् ।

साथै चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

जसमा चौरासिया, चौधरी, राय र दिनेश यादव शेरबहादुर देउवा समुहका हुन् भने चन्द्रमोहन यादव भने शेखर कोइराला समुहका हुन् ।

चन्द्रमोहन पुर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर