बागमती प्रदेशसभाको नवौँ अधिवेशनको बैठक आज बस्दै — OSNepal

बागमती प्रदेशसभाको नवौँ अधिवेशनको बैठक आज बस्दै

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । बाग्मती प्रदेशसभाको नवौै अधिवशेनको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभाको बैठक अगावै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काले दिएको जानकारी अनुसार संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्नुको साथै प्रदेशसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक बस्न लागेको हो ।

उक्त बैठक सभामुख सानुकुमार श्रेष्ठले बोलाएका हुन् । प्रदशेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएपछि बस्ने लागेको प्रदेशको यो पहिलो बैठक हो ।

हाल बाग्मती प्रदशेमा १०९ सांसदहरु रहेका छन् । जसमा नेपाली कांग्रेसका २२, नेकपा ()माओवादी केन्द्र)का२३,नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई र विवेकशील साझाका तिन जना सांसद रहेका छन् ।

साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालको ४३ सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर