एमालेको बेल घेराउका बाबजुत पनि आजको संसद बैठकबाट यी चार अध्यादेश बहुमतले पारित — OSNepal

एमालेको बेल घेराउका बाबजुत पनि आजको संसद बैठकबाट यी चार अध्यादेश बहुमतले पारित

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । आज बसेको प्रतिनिधि सभाको बैठकले चार अध्यादेश स्वीकृत गरेको छ ।

बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ बहुमतले स्वीकृत गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बैठक सुरु भएलगत्तै बेल घेराउ गर्दै नारावाजी गरेका थिए । तथापी सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही सुचारु गरेका थिए ।

एमाले पार्टी फुट्नुमा सभामुख अग्निप्रसाद सापकोटा मुख्य कारक रहेको भन्दै नारावाजी गरिरहेका छन् ।

संसदमा नारावाजीका बिच पनि सभामुखले संसद बैठक सुचारु गरेका थिए । १० औं अधिवेशनको तेस्रो बैठकमा पनि एमालेको नारावाजीका बिच सुचारु भएको हो ।

एमालेले कित आफ्नो पार्टीले कारवाही गरेको नेतालाई कारवाही गरोस् कित सभामुखले नै राजीनामा दिनुपर्यो भन्दै माग राख्दै आएका छन् ।

आफ्नो यी दुई माग पुरा नभए संसद बैठक अवरुद्ध जारी राख्ने बताएका छन् । अब अर्को बैठक पौष १८ गते दिउँसो १ बजे बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर