एकपछि अर्को गर्दै यादव र भट्टराईबिच बढ्यो दुरी, फुटको संघारमा जसपा — OSNepal

एकपछि अर्को गर्दै यादव र भट्टराईबिच बढ्यो दुरी, फुटको संघारमा जसपा

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । फेरि एक पटक जनता समाजवादी फुटको संघारमा पुगेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीचमा उत्पन्न भएको विवादले जसपा फुटको संघारमा पुगेको हो ।

यो भन्दा अगाडी महन्थ ठाकुर समुह जसपाबाट छुट्टिसकेको छ । भने ठाकुरले छुट्टै लोकतान्त्रिक समाजवादी पार्टी समेत खोलिसकेका छन् । सत्ता गठवन्धनको शेरबहादुर देउवा सरकारमा जाने चाहेका यादवको प्रयासलाई भट्टराईले असहमत जनाएका थिए ।

त्यति बेला देखि नै दूईबिच बढ्दै गएको दुरी असिहले फेरि नेकपा माओवादी केन्द्रको विषयले गर्दा विवाद झन चुलिएको छ । अध्यक्ष यादव माओवादीसँग सहकार्य गरेर जान चाहेका छन् । यसको वाधक भट्टराई बनेका छन् ।

पुर्व माओवादीका नेता भट्टराई आफुले कम्युनिस्ट सिद्धान्त त्यागीसकेकाले आफु वैकल्पिक शक्तिका अगाडी बढ्ने भन्दै आएका छन् । जसमा यादव अशन्तुष्ट हुँदै आएका छन् ।

मधेशी र जनजातिको बाहुल्य रहेको जसपा फेरि पनि फुट्यो भने नेता कार्यर्ताको गन्तव्य भने अन्योलमा पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर