प्रचण्डमा देश चलाउने भिजन छ , प्रचण्ड नभए देश चल्दैन :नेकपा माओवादी — OSNepal

प्रचण्डमा देश चलाउने भिजन छ , प्रचण्ड नभए देश चल्दैन :नेकपा माओवादी

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले पार्टीका अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड नभए देश नचल्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रममा सहभागी भएका नेता दाहालले यस्तो ठोकुवा गरेका हुन् ।

अहिले राजनीतिको मियो नै प्रचण्ड भएको बताएका उनले कार्यक्रममा भनेका छन्, ‘उहाँ दुई दिन बाहिर जानुभयो भने यहाँ सुनसान हुन्छ । प्रचण्ड नभए देश चल्दैन ।’

प्रचण्डमा देश चलाउने भिजन भएको बताएका उनले यो देशमा नेता बन्न रहर त धेरैले गरे तर प्रचण्डजस्तो नेता कोही पनि नभएको बताएका छन् ।

‘चण्ड ३५ वर्षको उमेरमा टीका लगाएर नेता भएका हुन् त ? भिजन नभईकन कोही नेता हुन्छ ? भिजन केलाई भन्ने ? उखान टुक्का कि जोकलाई ? केपी ओलीले नारायणघाटमा भीड जम्मा गरेर हल्लाखल्ला गरे । के विचारको बहस भयो ? बहसका नाममा केपी बा भन्ने कि नभन्ने मात्रै भयो ।’कार्यक्रममा उनले भने ।

‘माओवादी कमजोर भयो भन्ने हुइयाँमात्र हो । त्यसको प्रमाण के छ ? यो देशमा नेता बन्न रहर त धेरैले गरे । तर प्रचण्डजस्तो नेता कोही पनि भएनन् । नेतृत्वको विकल्प आवश्यकताले खोजिने हो’ उनले अघि भनेका छन्।

आफुहरु सबै प्रचण्डको उत्तराधिकारी भएकोले आफुहरुसँग एक सय एक उत्तराधिकारी दावी समेत गरेका छन् ।

कम्युनिस्ट पार्टीको नेता बलपजफ्ती ठड्याएर ज्योतिषले हेरेर नबन्ने बताएका उनले प्रचण्ड विना देश नचल्ने ठोकुवा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर