तीनचार दशकदेखि पार्टीको मात्र नभएर मुलुककै वैचारिक नेतृत्व गर्ने प्रचण्ड पाउनु हाम्रा लागि गौरवको विषय हो : देव गुरुङ — OSNepal

तीनचार दशकदेखि पार्टीको मात्र नभएर मुलुककै वैचारिक नेतृत्व गर्ने प्रचण्ड पाउनु हाम्रा लागि गौरवको विषय हो : देव गुरुङ

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीमा पुष्पकमल दाहाल नेतृत्वमा बहस गर्न जरुरत नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका सहभागी भएका उनले माओवादी पार्टीको नेतृत्वमा कुनै संकट नभएको भन्दै यस्तो बताएका हुन् ।

१० वर्षे जनयुद्ध र शान्तिप्रक्रियाको नेतृत्व प्रचण्डले गरेको बताएका उनले तीनचार दशकदेखि पार्टीको मात्र नभएर मुलुककै वैचारिक नेतृत्व गर्ने व्यक्ति पाउनु हाम्रा लागि गौरवको विषय भएको बताएका छन् ।

‘अहिले नै कसैले फलानो ढिस्कानो नेतृत्व तोक्ने कुरा होइन । व्यक्ति को हुन्छ र को हुन्न भन्नेमा हामी जाँदैनौं । कमिटी प्रणाली अनुसार सबै खाले जिम्मेवारी प्राप्त हुन्छ ।’ कार्यक्रममा नेता गुरुङले भने ।

विचार र नेतृत्वको तारतम्य मिल्न नसकेकाले मुलुकले गति लिन नसकेको उनले कार्यक्रममा बताएका छन् ।

उनले अघि भने,’माओवादीको विचारले संविधान निर्माणलागायत विभिन्न परिवर्तन भए तर पार्टीले राज्यको नेतृत्व गर्न पाएन ।’ साथै कार्यक्रममा उनले एमसीसी यथास्थितिमा पास नहुने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर