नेकपा एमालेको अवरोधका कारण वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगित — OSNepal

नेकपा एमालेको अवरोधका कारण वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगित

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेकपा एमालेको अवरोधका कारण वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज बिहिबार बैठक सुरु भएलगत्तै एमालेका प्रदेश सांसदहरुले आफ्नो पार्टीले उठाएको प्रश्नहरुको जवाफ मुख्यमन्त्री राजेन्द्र पाण्डे दिनुपर्ने भन्दै बैठक अवरोध गरेका हुन् ।

प्रदेश सभाको बैठकमा मुख्यमन्त्री नै सहभागी नभएपछि भएको अवरोधका कारण सभामुख सानुकुमार श्रेष्ठले बैठक अर्को सुचना नआएसम्म स्थगित भएको जानकारी दिएका हुन् ।

प्रदेशमा मन्त्रीको भाग वण्डा मिलाउन अन्त्रालय विभाजन गर्ने , आफ्नो पार्टी सरकारमा रहँदा गौरवको आयोजना कटौती गर्ने जस्ता कार्य प्रद्यशे सरकारले फिर्ता गर्नुपर्ने माग राख्दै एमालेले बैठकमा अवरोध खडा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर