म मुख्यमन्त्री बन्नुमा ओली र नेपाल दुवैको साथ छ : शाक्य — OSNepal

म मुख्यमन्त्री बन्नुमा ओली र नेपाल दुवैको साथ छ : शाक्य

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेकपा एमालेकी नेत्रृ अष्टलक्ष्मी शाक्यले आफुलाई वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त्तीमा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एकिकृत समाजवादी पार्टी माधव नेपाल दुवैको साथ रहेको बताएकी छन् ।

बिहिबार काठमाडौं–रामेछाप सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उक्त कार्यक्रममा भनेकी छन् । ‘म मुख्यमन्त्री बन्नुमा दुवै नेताको साथ छ । बाहिर कुरा आउँछ अष्ट त के के भयो भनेर । मुख्यमन्त्री पाएपछि अर्कोतिर लाग्यो भन्ने कुरा आयो । यो गलत कुरा हो,’ ।

अहिलेपनि आफु पार्टी एकताको पक्षमा उभिएको भन्दै उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न नेतृत्वले मन फराकिलो बनाएर एमालेलाई बलियो बनाउने आफु आशावादी रहेको बताएकी छन् ।

शाक्यले अ‍ोलीले संसद विघटन गरेपछि नेपाल समुहमा थिइन् भने पछि मुख्यमन्त्रीको अफर आएपछि नेपालको साथ छोडेको भन्दै तिव्र आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर