एमसीसीका कारण गठबन्धन टुट्दैन , टुट्न हुँदैन र टुट्न दिइँदैन : प्रचण्ड — OSNepal

एमसीसीका कारण गठबन्धन टुट्दैन , टुट्न हुँदैन र टुट्न दिइँदैन : प्रचण्ड

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेकपा माओवादीका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सुधार गर्नुपर्ने पक्षमा रहेका बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) सत्तारुढ गठबन्धन नटुट्ने बताएका उनले गम्भीर र संवेदनशील विषय भएका कारण राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्नुपर्ने बताएका छन् ।

यो सम्झौता आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको र समावेश गरिएकोले आशंका पैदा भएको खुलासा गरेका उनले भने, ‘यो विषयमा जहाँनिर त्रुटि भएको छ, जुन जुन प्रावधानले हामीलाई अप्ठेरो पारेको छ, जरुरी पर्दा त्यसलाई संशोधन पनि गर्नुपर्‍यो ।

‘एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर