तपाईलाई थाहा छ उखुको जुस खानुका यति धेरै फाईदा ? — OSNepal

तपाईलाई थाहा छ उखुको जुस खानुका यति धेरै फाईदा ?

LC (KTM) December 24, 2021 0

काठमाडौ- प्राय जसो मानिसहरुले गर्मी यामको समयमा उखुको जुस खाने गरेको पाईन्छ । यो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक छ ।यसर्थ, उखुको जुसले ऊर्जा दिने, स्फूर्ति बढाउने रगतमा ग्लुकोजको मात्रा कायम राख्नेजस्ता काम गर्छ । तर, फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ भन्ने बुझ्न जरुरी छ । उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ  तर, उखुको जुस धेरै खाएमा मोटोपना बढ्न सक्छ ।

मधुमेहका रोगिले सकभर उखुको जुस सेवन गर्न त्यति लाभदाएक मानिदैन उखुको रसमा एंटीआक्सीडेट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ । उखुको रसमा हुने पोटासियमले पाचन प्रणाली पनि राम्रो हुन्छ ।उखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाात बलियो बनाउँछ । यसले दाँतलाई चम्किलो बनाइदिन्छ ।

उखुको रसको सेवनलेनङलाई पनि सुन्दर बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।उखुको रसमा हुने खनिजको मात्राले शरीरमा ऊर्जा कायम राख्छ र यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ । उँखुको रसले छालामा आवश्यक पर्ने नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर