नेपाली कांग्रेस : प्रदेश २ मा कृष्णा यादव सभापतिमा निर्वाचित — OSNepal

नेपाली कांग्रेस : प्रदेश २ मा कृष्णा यादव सभापतिमा निर्वाचित

LC (KTM) December 24, 2021 0

धनुषा ९ पौष । नेपाली कांग्रेसको प्रदेश २ मा कृष्णा यादव सभापतिमा निर्वाचित भएका छन् । अर्का उम्मेदवार रामसरोज यादवलाई पराजित गर्दै कृष्णा सभापतिमा निर्वार्चित भएका हुन् ।

उनले ९९६ मत ल्याउँदा रामसरोज यादवले भने ८५५ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा निर्वाचित कृष्णा नेपाली कांग्रेस रौतहटका सभापति हुनु भने अर्का पराजित भएका रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

८८१ मत खसेकोमा ३० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान सम्पन्न भएको मतगणना अनुसार कृष्णा सभापतिमा निर्वाचनित भएका हुन् ।

मतदान बिहिबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर