बाग्मती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, काँग्रेसबाट ५ मन्त्री सरकार जाने पक्का — OSNepal

बाग्मती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, काँग्रेसबाट ५ मन्त्री सरकार जाने पक्का

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । आज तेस्रो पटक विस्तार हुन लागेको मन्त्रिपरिषद्मा ३ जना फुल मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

हाल सम्म वाग्मती प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेस सहभागी भएको थिएन । जसको कारण पाँच मन्त्रालय खाली थिए ।

कसले कुन मन्त्रालय पाउने निश्चित नभएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि मन्त्री नियुक्त गरिने बताइएको छ ।

संसदीयर्दय दलका नेता इन्द्रबहादुर बानियाँले लगाउने भएका छन् । १२ जना मन्त्री नियुक्त गरिसकेको यो प्रदेशमा अब पाँच जना मन्त्री थपिएसँगै १७ जनाको मन्त्रिमण्डल बन्ने भएको छ ।

गठवन्धनको समर्थनमा जनता समाजवादी पार्टीका नेता पाण्डे प्रदशेका मुख्यमन्त्री भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर