आज फेरी घट्यो सुनको मुल्य — OSNepal

आज फेरी घट्यो सुनको मुल्य

LC (KTM) December 24, 2021 0

काठमाडौँ, ९ पुस -सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २६०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर