आज नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै, एक जनाले गुमाए ज्यान — OSNepal

आज नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै, एक जनाले गुमाए ज्यान

LC (KTM) December 24, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ११ हजार ८ सय ८९ जनामा गरिएको परीक्षणमा २ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर अहिलेसम्म ८ लाख २६ हजार ९ सय १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ११ हजार ५ सय ८२ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा पछिल्लो सोही समयमा ३ सय ४९ जना संक्रमणमुक्त भएसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २ सय ७१ रहेका छन् ।देशभर ५ हजार ४८ जना सक्रिय संक्रमितमध्ये आईसीयूमा ७७ जना र भेन्टिलेटरमा २१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर