न्युजिल्याण्डमा भेटियो अचम्मको चोर बिरालो, महिलाहरुको पेन्टी, ब्रा चोरेर सबैलाई पार्यो अचम्मित — OSNepal

न्युजिल्याण्डमा भेटियो अचम्मको चोर बिरालो, महिलाहरुको पेन्टी, ब्रा चोरेर सबैलाई पार्यो अचम्मित

LC (KTM) December 24, 2021 0

महिलाको अन्डरगार्मेन्ट चोरेर कुख्यात बनेको न्यूजिल्याण्डको बिरालो यतिबेला एकदमै चर्चामा रहेको छ । अब यो बिरालोको नयाँ घटना सार्वजनिक भएको छ । यो बिरालोको नयाँ केसले सबैलाई अचम्मित बनाई दिएको छ । यो बिरालोले यस पटक एक घिनलाग्दो आपराधिक कार्य गरेको छ जसको मतलब अगाडीको यस बिरालोको स्क्याण्डल भन्दा खतरा ।

आउनुहोस् जानौं यो अचम्मको चोर बिरालोको बारेमा जानकारी हामी तपाई लाई दिदै छौ । पाँच वर्षको किथ नामको यो बिरालो न्यूजिल्याण्डको क्राइस्टचर्चमा बस्ने गरेको छ । छिमेकमा बस्ने मानिसको सामान चोर्ने यसको उदण्ड स्वभाव रहेको छ । यो बानी विगत तीन वर्षदेखि निरन्तर रुपमा आईरहेको छ ।

अहिलेसम्म यस बिरालोले अन्डरगार्मेन्ट चोर्ने गरेको थियो । तर यसपटक भने बिरालोले चार कदम अगाडि बढेर बोङ, जिपलक झोला चोरेको घटना बाहिर आएको छ । अन्र्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार एक स्थानीय पुलिस अधिकारीलाई उधृत गर्दै यस पटक बिरालोले चोरी गरेको सामानले तनाव झनै बढाएको छ। उसले यसपटक भने गाँजा नै चोरेर ल्याएको छ ।

प्रहरी अधिकारी नै अब गाँजा कहाँ बाट ल्याएको भनेर बिरालोलाई सोध्ने कुरा भएन भन्दै हाँस्छन् । यसका विषयमा अनुसन्धान भने भइरहेको प्रहरीको भनाई छ । बिरालोका मालिक गिन्नी र डेभिड रुम्बोल्डले पछिल्लो पटक क्राइस्टचर्चको स्थानीय नदी हेथकोट नदीबाट धेरै सामान चोरी भएको बताए । जसमा प्यान्टी, ब्रा, जुत्ता लगायतका सामान चोरी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर