कोरोना संक्रमण नघटेको भन्दै मोरङमा थपियो एक साता निषेधाज्ञा — OSNepal

कोरोना संक्रमण नघटेको भन्दै मोरङमा थपियो एक साता निषेधाज्ञा

LC (KTM) May 30, 2021 0

विराटनगर १६ गते । कोरोना संक्रमण बढ्दै गएकोले मोरङमा फेरि निषेधाज्ञालाई लम्बाइएको छ । गत बैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्लाको कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले संक्रमण नघटेकाले र मृत्युदरमा पनि सुधार नआएकाले फेरि निषेधाज्ञा गरिएको बताएको छ ।

भोली राति १२ बजेबाट लागु हुने गरि जारी गरिने यो निषेज्ञालाई भने थप कडा बनाइनुका साथै हिँडडुल गर्न अनावश्यक काम बाहेक बाहिर निस्कन तथा पसलहरु खोल्ने मनाही गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।निषेधाज्ञाको समयमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक अनावश्यक घरबाट बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ भने,खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल बिहान १० बजे सम्म मात्र खोल्न दिइने भएको छ ।

अटर गर्ने जोकोहिलाई पनि जरिवानासहित कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर