राजनीतिको दलदलमा फस्दै त्रिभुवन विश्वविद्यालय, त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता — OSNepal

राजनीतिको दलदलमा फस्दै त्रिभुवन विश्वविद्यालय, त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

LC (KTM) December 26, 2021 0

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् ।

त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य भएपछि फेसबुकमै बधाई दिइएको छ ।

दलका कार्यकर्ता भएका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी सहितको सूचना जारी गरेपछि राजनीतिमा लागेका शिक्षक र कर्मचारीले दुईमध्ये एक क्षेत्रबाट राजीनामा दिनुपर्ने हुन्छ । महाशाखा प्रमुख तिवारीले आफूले पार्टीबाट असोज मै राजीनामा दिएको बताएका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तर, उनलाई मंसिरमा बधाई दिएका थिए । तिवारीले नेपाल समाचारपत्रसँग भने – ‘मैले त प्रदेश कमिटीको निर्वाचन हुनुअघि नै राजीनामा दिइसकेको छु । म त्रिविको कर्मचारी हुँ पार्टीमा आबद्ध छैन । उनले पार्टीलाई दिएको राजीनामाबारे जानकारी गराउने बताएका थिए । स्रोतका अनुसार पार्टीको जिम्मेवारीबाट उनले राजीनामा दिएका छैन । यसअघि सरस्वती बहुमसखी क्याम्पसका उपप्रध्यापक प्रमोदहरी गुरागाईंले पदबाट राजीनामा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर