इलाम नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन — OSNepal

इलाम नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन

LC (KTM) December 26, 2021 0

मङ्गलबारे, ११ पुस -इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरी अस्पताल निर्माण गरेको हो ।जिल्लामा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ । अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले रकमान्तर गरेर रु ५० लाख जुटाएको थियो । चालु आवमा भने रु एक करोड विनियोजन भएको छ । विनियोजित रकममध्ये रु ५७ लाख ९० हजार खर्च भएको छ । यसमध्ये रु ५३ लाख २४ हजार पूँजीगतमा र रु चार लाख ६५ हजार सञ्चालनमा खर्च भएको छ ।

अस्पतालमा अहिले शल्यक्रियाबाहेकको सेवा उपलब्ध छ । आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य शल्यक्रिया, चश्मा बनाउनेलगायतका सेवा दिइनेछ । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । अस्पतालमा सातौँ तहको एक नेत्र विषेशज्ञ, पाँचौँ तहका एक नेत्र सहायक, एक फार्मेसिष्ट र एक चश्मा बनाउने प्राविधिक राखिएको छ । यस आँखा अस्पताल सञ्चालनपछि जिल्लाका ग्रामीण भेगका बासिन्दालाई समेत सहज हुने भएको छ ।

आँखा अस्पतालको सेवा प्रारम्भ भएको नगरउपप्रमुख सुशीला नेम्वाङले जानकारीदिनुभयो । उहाँका अनुसार यस अस्पताल सञ्चालनपछि यस स्थानीय तह र जिल्लाका अन्य स्थानीय तहका बासिन्दाले समेत सेवा लिनसक्ने नगरप्रमुख महेश बस्नेतले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर