भारतमा भुसको आगो सल्किए जसरी सल्किदै ओमिक्रोन,  संक्रमित हुनेको संख्या ४२२ पुग्यो — OSNepal

भारतमा भुसको आगो सल्किए जसरी सल्किदै ओमिक्रोन,  संक्रमित हुनेको संख्या ४२२ पुग्यो

LC (KTM) December 26, 2021 0

नयाँ दिल्ली, ११ पुस-भारतमा कोभिडनको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४२२ पुगेको छ । संक्रमितमध्ये सवैभन्दा बढी महाराष्ट्रका छन् । सकारले कोभिडविरुद्ध अग्रमोर्चामा खटिएका र ६० वर्षमाथिका बृद्धबृद्धालाई बुस्टर डोज दिने तयारी गरेको छ ।

महाराष्ट्रमा १०८ जनामा नयाँ भेरियन्ट देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमित ४२ जना निको भएर घर फर्किएका छन् । त्यस्तै, दिल्ली र गुज्रातमा क्रमशः ७९ र ४३ जनामा ओमिक्रोन देखिएको छ । दक्षिणी तेलंगना राज्यमा ४१ जना र केरलामा ३८ जनामा ओमिक्रोन देखिएको छ । ओमिक्रोन संक्रमितमध्ये धेरैले कोभिड खोप लगाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर