कोरोना परीक्षण गर्न नमान्दा अस्पताल लैजाने तयारी गर्दागर्दै ज्या न गयो — OSNepal

कोरोना परीक्षण गर्न नमान्दा अस्पताल लैजाने तयारी गर्दागर्दै ज्या न गयो

LC (KTM) May 30, 2021 0

पाँचथर, १६ जेठ – परीक्षण गर्न नमानेका एक पुरुषको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ३ चिम्फुलाका ६३ वर्षीय पुरुष आज दिउँसो घरमै निधन भएको हो । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा उनको घरमै निधन भएको हो ।

ती व्यक्तिमा मृ त्युपछि गरिएको एण्टिजेन परीक्षणमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको अध्यक्ष कुरुम्बाङले जानकारी दिनुभयो । केही दिनअघि नै मृतकको परिवारका सदस्यहरूमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको थियो । मृतकमा समेत कोभिड–१९ सँग मिल्दाजुल्दो लक्षण देखिएको र उनीबाट आफूहरूमा सङ्क्रमण भएको सङ्क्रमण भएको उनका छोरा, बुहारी तथा छोरीले बताएका थिए ।

परिवारका सदस्य, आफन्त तथा स्वास्थ्यकर्मी समेतको आग्रह नमानेका उनमा ज्वरो, रुघाखोकी र झाडापखालाजस्ता समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृ त्यु भएको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन् । मृतकको शरीरलाई घर नजिकै धार्मिक मान्यताअनुसार नेपाली सेनाले शव ब्यवस्थापन गर्न लागेको गाउँपालिका अध्यक्ष कुरुम्बाङले जानकारी दिनुभयो । यो घटनासँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई जिल्लामै मृ त्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने यहाँ सङ्क्रमण पुष्टि भएका थप तीन जनाको उपचारका क्रममा झापामा मृत्यु भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर