हेर्नुहोस यस्तो छ आजको सुनको मूल्य — OSNepal

हेर्नुहोस यस्तो छ आजको सुनको मूल्य

LC (KTM) May 10, 2021 0

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मुल्य दुई सय रुपैयाँले बढेको हो । नेपालसुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।साताको पहिलो दिन आइतबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ भएको छ।

हावाहुरी र असिनाले तरकारी तथा फलफूलमा क्षति-  जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा परेको असिना तथा हावाहुरीले तरकारीलगायतका बालीमा नोक्सान गरेको छ ।

उहाँका अनुसार किसानले फलाएका काउली, टमाटरलगायत दाना लाग्दै गरेका अनार, आरुवखडा, अमिलो, सुन्तला, आँप, मौसमी, जुनारमा बढी क्षति पु¥याएको छ । यसैगरी अदुवा, प्याजलगायतका अन्य बालिनाली पनि क्षति भएको बताइएको छ । वर्षभरिको नगदेबालीका रुपमा लिइँदै आएका अदुवा, बेसार, सुन्तला, आप, मौसमी र सुन्तलाका दाना असिनाले झराएपछि किसान निरास भएको बडिकेदारका स्थानीयवासी तथा सञ्चारकर्मी यम चन्दले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर