नीति तथा विधानको बारेमा छलफल हुने भएपछि सम्मेलनलाई महाधिवेशनमा रुपान्तरित गरियो : प्रचण्ड — OSNepal

नीति तथा विधानको बारेमा छलफल हुने भएपछि सम्मेलनलाई महाधिवेशनमा रुपान्तरित गरियो : प्रचण्ड

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनमा नीति तथा विधानको बारेमा छलफल हुने भएपछि महाधिवेशनमा रुपान्तरण गरिएको बताएका छन् ।

आइतबार बिहान बसेको केन्द्रिय कमिटिको बैठकमा यस्तो निर्णय गरिएको प्रचण्डले बताएका हुन् । नीति तथा विधानको बारेमा छलफल हुने भएपछि महाधिवेशन नै भन्ने निर्णय भएको प्रचण्डले बताएका छन् ।

कानुनी र व्यावहारिक पक्ष मिलाउन पनि महाधिवेशन गरेर जानुपर्ने विषयमा सहमत भएको बताइएको छ । महाधिवेशन आज दिउँसो ३ बजे कमलादीमा भने हुने भएको छ ।
वडादेखि प्रदेशसम्म महाधिवेशनकै हिसाबले नेतृत्व चयन गरिएकाले पनि राष्ट्रिय सम्मेलन भन्न जरुरी नभएको प्रचण्डको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर