महाधिवेशन अगाडी प्रचण्डले दिए ओलीलाई चुनौती : बहुमत ल्याएर सिंहदरबारमा पस्नुहोस् — OSNepal

महाधिवेशन अगाडी प्रचण्डले दिए ओलीलाई चुनौती : बहुमत ल्याएर सिंहदरबारमा पस्नुहोस्

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बहुमत ल्याएर सिंहदरबारमा पस्न चुनौती दिएका छन् ।

एक कार्यक्रममा सहभागी भएका प्रचण्डले ओलीलाई बहुमत ल्याउन चुनौती दिएका हुन् ।

‘उहाँले म सिंहदरबार बहुमत ल्याएर पस्छु भन्नुभएको छ, पसेर देखाउनुहोस । उहाँले भनेको कुरा गरेर देखाउनुभयो भने त्यसपछि म ल तपाईँले भनेको कुरा पुर्याउनुभयो भनेर बधाई भन्न आउँला । होईन, मैले भनेकोजस्तो भयो भने, गठबन्धन अगाडि गयो भने, त्यसले जनताको विश्वास लियो भने तपाईँ आउनुपर्छ भनेको छु मैले ।’ प्रचण्डले भने ।

कार्यक्रममा प्रचण्डले अहिले एमालेसँग एकता नहुने पनि स्पष्ट पारेका छन् ।

विघटन र पूनःस्थापनाको संघर्ष चलिरहेको बताएका उनले भने, ‘सबै संघर्षका पृष्ठभूमिमा अहिले तत्काललै केपीजीसँग एकता वा गठबन्धनको म कहीँकतै सम्भावना देख्दिन् । त्यो नाटकीय र कृत्रिम पनि हुन्छ । त्यसले जनतामा राम्रो सन्देश पनि दिँदैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर