विस्तृत शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको अग्रणी भुमिका रहेको छ : मन्त्री भुसाल — OSNepal

विस्तृत शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको अग्रणी भुमिका रहेको छ : मन्त्री भुसाल

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य नेत्रृ पम्फा भुसालले महान जनयुद्ध, विस्तृत शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा आफ्नो पार्टीको अग्रणी भुमिका रहेको बताएकी छन् ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सस्बोधन गर्दै नेत्रृ भुुसालले यस्तो बताएकी हुन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरु भएको महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले समाजवादतर्फ कसरी जान सकिन्छ भन्ने नै यो महाधिवेशनको मुख्य एजेण्डा रहेको बताएकी छन् ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत रहेकी नेत्रृ भुसालले भनेकी छन् ,’नेपाली समाजलाई रुपान्तरण गरेर समाजवादतर्फ कसरी जान सकिन्छ भनेर विगत र वर्तमानबारे महाधिशेवशनमा समीक्षा गरिनेछ । र, महाधिवेशनको मुख्य केन्द्र यहीँ नै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर