माओवादी महाधिवेशन : राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै किन हाँसे ? यस्तो रहेछ कारण — OSNepal

माओवादी महाधिवेशन : राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै किन हाँसे ? यस्तो रहेछ कारण

LC (KTM) December 26, 2021 0

काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही ।

उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु । सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् ।

शाहीले माओवादी केन्द्रकाे महाधिवेशनकाे सफलताकाे शुभकामनासमेत दिइन् । महाधिवेशनले महिलाकाे अधिकार ल्याउन सफल हाेस् भनेकी थिइन् ।

माओवादी केन्द्रको महाधिवेशन : शेरबहादुर, माधव नेपाल, उपेन्द्र यादवसहितका नेता प्रज्ञा भवनमा : नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ । सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् । आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर