पूराना माओवादीहरु एक हुनुपर्छ भन्ने कुरा सम्झिएको बताएका सिपी गजुरेलले राखे पार्टी एकताको लागि यी तिन शर्त — OSNepal

पूराना माओवादीहरु एक हुनुपर्छ भन्ने कुरा सम्झिएको बताएका सिपी गजुरेलले राखे पार्टी एकताको लागि यी तिन शर्त

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष नेकपा (माओवादी क्रान्तिकारी)का नेता सिपी गजुरेलले पार्टी एकता गर्नको लागि तिन शर्त मान्नुपर्ने बताएका छन् ।

माओवादीको आजबाट सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन सत्रमा शुभकामना दिने क्रममा नेता गजुरेलले यस्तो बताएका हुन् ।

सम्बोधनमा आफू मञ्चमा बस्दा पहिलेजसरी सँगै बसेको अनुभूति भइरहेको बताउँदै उनले यी शर्त पुरा भए पार्टी एकता सम्भव भएको बताएका छन् ।

‘ सँगै बसेको जस्तो पनि भइरहेको छ । पूराना दिनहरु सम्झना भइरहेको छ । पूराना माओवादीहरु एक हुनुपर्छ भन्ने कुरा पनि सम्झिरहेको छु । नेपालका कम्युनिष्ट क्रान्तिकारीहरु एक हुनुपर्छ भनेर राख्न चाहन्छु । तर, केही सुझाव पनि राख्न चाहन्छु । यसका लागि एकजुट हुने आधार पनि तयार गर्यो । जुन लक्ष्य राखेर जनयुद्ध सुरु गर्यो त्यो लक्ष्य अझैँ अपूरो छ र नेपाललाई गणतन्त्र गर्न अघि बढे त्यो स्विकार गर्न तयार छु । ’ उनले भने ।

१० वर्षे जनयुद्धको लक्ष्य प्राप्ति नभएको, एमसीसी सम्झौता खारेज हुनुपर्ने, नेपालले गुमाएका भुभागहरु फिर्तालगायतका माग सम्बोधनका क्रममा उनल े राखेका छन् ।

‘राष्ट्रघाती एमसीसी खारेज गर्न जोड दिएका उनले नेपालले गुमाएका भुभागहरु फिर्ता भएमा एकता सम्भव रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर