दाङको कर्णाली भनेर चिनिने गंगटेमा बिजुली पुग्याे, सय घर लाभवान्वित — OSNepal

दाङको कर्णाली भनेर चिनिने गंगटेमा बिजुली पुग्याे, सय घर लाभवान्वित

LC (KTM) December 26, 2021 0

दाङ, ११ पुस-दाङको कर्णाली भनेर चिनिने बबई गाउँपालिकाको गंगटेमा बिजुली बत्ती पुगेको छ । बबई गाउँपालिका सदरमुकाम हापुरेदेखि करिब २४ किलोमिटर टाढाकाे गंगटेमा नेपाल विद्युत प्राधिकरण तुलसीपुरको योजनाअन्तर्गत विद्युत पुर्‍याइएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बबई गाउँपालिका-१ को वडा कार्यालयमा रहेको स्विच अन गरेर विद्युत प्रशारणको शुभारम्भ गरेका छन् । गाउँमा पहिलो पटक विद्युत पुगेपछि गंगटेका करिब सय घरधुरी लाभवान्वित भएका छन् ।

बबई गाउँपालिकालाई नै उज्यालो बनाउने उद्देश्य अनुरुप गंगटेमा विद्युत विस्तार गरिएकाे गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडलले बताए । ‘उज्यालो बबई अभियान छ, गाउँपालिकाका विकट वस्तीमा विद्युत पुर्‍याउने योजना अनुरुप नै गंगटेमा विद्युत विस्तार गरिएको हाे,’ उनले भने, ‘यो अभियान ग्रामीण वस्तीमा विस्तार गर्दै लगिनेछ । निर्वाचनको बेला विद्युत विस्तार गर्ने प्रतिबद्धता पूरा गर्न पाएको उनले खुशी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर