माओवादीको आठौँ महाधिवेशनको बन्द शत्र आज ११ बजेबाट सुरु, यस्तो छ कार्यसुची — OSNepal

माओवादीको आठौँ महाधिवेशनको बन्द शत्र आज ११ बजेबाट सुरु, यस्तो छ कार्यसुची

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशनको बन्द शत्र सोमबार बिहान ११ बजे प्रज्ञा भवनमा हुने भएको छ ।

आइतबारबाट सुरु भएको राष्ट्रिय महाधिवेशनको बन्द शत्रमा अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले तयार पारेका राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने तथा नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची समेत रहेको बताइएको छ ।

एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने बन्द शत्रमा राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने भएको छ । सबै क्लस्टर मिलाउँदा प्रतिनिधि तथा पर्यवेक्षकको संख्या बढ्न सक्ने पनि जनाइएको छ ।

आइतबार महाधिवेशन सुरु हुनु भन्दा अगाडी बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निणर्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर