प्रचण्ड जस्तो सुसंस्कृत र भव्य नेता कोही छैन भन्दै गौमतले गरे प्रशंसा — OSNepal

प्रचण्ड जस्तो सुसंस्कृत र भव्य नेता कोही छैन भन्दै गौमतले गरे प्रशंसा

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेता बामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलको खुलेरै प्रश्ांसा गरेका छन् ।

आइतबारबाट जारी भएको माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनमा कार्यक्रममा अध्यक्ष प्रचण्डले सबै अतिथिहरुको मुक्त कण्ठले भन्यावाद दिँदै अत्यन्त सुसंस्कृत दिएको भन्दै उनले प्रचण्डको प्रशंसा गरेका हुन् ।

नेकपा एमालेबाट सबै पदबाट राजीनामा दिएर कुनै पार्टीमा पनि संलग्न नरहेका गौतमले आज एक विज्ञप्ती नै जारी गरेर प्रचण्डको प्रशंसा गरेका हुन् ।

उनले विज्ञप्तीमा लेखेका छन्, ‘आफ्नो विचार पनि संक्षिप्त रुपमा तर्कयुक्त राख्नुभयो। उहाँको मन्तव्यमा एउटापनि दुर्वचन दिएन। कतिपय नेताहरु दुर्वचनाबाट आफ्नो मन्तव्य सुरु गर्छन्। र, दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन्। उनको तुलनामा अत्यन्त सुसंस्कृत र भव्य देखिनुभयो । ‘प्रचण्ड’ जीलाई धेरै्धेरै बधाइ र धन्यवाद दिन चाहन्छु।’

विपज्ञप्ती मार्फत नै पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतमाले महाधिवेशनको पूर्ण सफलताको सुभकामना र बधाइसमेत दिएका छन् ।

तथापी गौतम भने महाधिवेशनमा सहभागी भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर