किसानका सात बुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टी आन्दोलनमा, सिरहामा चक्काजाम — OSNepal

किसानका सात बुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टी आन्दोलनमा, सिरहामा चक्काजाम

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । किसानका सात बुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टी आन्दोलनमा उत्रिएको छ । गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरेपछि किसानको सात बुँदे माग सहित सडमा उत्रिएको हो ।

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने साथै किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने भन्दै जजमत पार्टी आन्दोलनमा उत्रिएको हो ।

साथै किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग समेत यस पार्टीले गरेको छ ।

आन्दोलनसँगै आज सोमबार सिरहामा चक्काजाम समेत गर्ने भएको छ ।
आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा समेत गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर