कैलालीको टीकापुर अस्पतालमा उपचाररत पाँच जनाको मृ त्यु — OSNepal

कैलालीको टीकापुर अस्पतालमा उपचाररत पाँच जनाको मृ त्यु

LC (KTM) May 10, 2021 0

कैलाली- कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्या न गएको छ । अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की ५१ वर्षीया महिला, टीकापुर–७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको निधन भएको छ । त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षीय र बर्दगोरिया गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ ।

उनीहरु सबैलाई कोरोनाको लक्षण देखिएको मेसु डा राईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिनाका साथै अक्सिजनको मात्रा कम हुँदै गएको थियो । उनीहरुमध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको आएको छैन । अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले उपचार गर्न कठिनाइ भइरहेको मेसु डा राईले बताउनुभयो । उहाँका अनुसार अस्पतालका बरण्डामा राखेर पनि बिरामीको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर