नेकपा एसले एक सातामा न्युनतम ५ हजार महिलालाई संगठनमा आबद्ध गर्न अभियान थाल्यो — OSNepal

नेकपा एसले एक सातामा न्युनतम ५ हजार महिलालाई संगठनमा आबद्ध गर्न अभियान थाल्यो

LC (KTM) December 28, 2021 0

एमाले टुक्राएर नेकपा एकिकृत समाजबादी अर्थात नेकपा एस गठन गरेका माधब कुमार नेपाल यतिबेला संगठन बिस्तारमा तल्लिन रहेका छन् । बिभिन्न ठाउँमा नेकपा एसको संगठन निर्माण कार्य भइरहेको छ । यसैक्रममा सुनसरीको इटहरीमा पनि यस कार्यलाई तिब्रताका साथ अघि बढाइएको छ ।

एकिकृत समाजवादीले संगठन निमार्णको क्रममा महिला–महिलामा नेकपा एस अभियान चलाएको छ । यस अभियान मार्फत संगठन विस्तार थालेको नेकपा एसले सुनसरीका सवै तहका मानिसका बिचमा पार्टीको संगठन विस्तार गरिरहेको छ । यसै क्रममा एक साता देखि न्युनतम ५ हजार महिलालाई संगठित गर्न महिला–महिलामा नेकपा एस अभियान संचालनमा ल्याएको छ ।

नेकपा एसका इटहरी इन्चार्ज केवल फुयालका अनुसार घना शहरीकरण भएको इटहरीमा शिक्षीत, सचेत र जागरुक महिलाहरुको सँख्या अधिक रहेकाले महिला नेतृत्वको विकास गर्ने उदेश्यले टोल वस्तीमा महिला–महिलामा नेकपा एस अभियान चलाएको बताए । इन्चार्ज फुयालका अनुसार एक हप्ताको बिचमा सात वटा भन्दा बढी वडाका टोल वस्तीमा एक हजार भन्दा बढीको सँख्यामा महिलाहरु पार्टी संगठन र जनवर्गिय संगठनमा संगठित भएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर