OSNepal मंगलबार, माघ ४ २०७८

विश्वका सबैभन्दा भ्रष्ट व्यक्ति बने बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेको

विश्वका सबैभन्दा भ्रष्ट व्यक्ति बने बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेको

  • OSNepal
  • मंगलबार, पौस १३ २०७८


विश्वका सबैभन्दा भ्रष्ट व्यक्ति बने बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेको
Reading Time: < 1 minute

काठमाडौं, १३ पुस-अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेको छ ।

चार अन्य फाइनलिस्टमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनी, सीरियाका राष्ट्रपति बशर अल असद, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्ज शामिल थिए ।

सीसीआरपीका अनुसार सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकाशेको चुनिएका हुन् । संस्थाका अनुसार छ पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गरेको हो र लुकाशेकोको नाम सर्वसम्मतिले चुनिएको हो ।

संस्थाका अनुसार लुकाशेकोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी पैसा दिएको आरोप लगाएको छ । उनीमाथि हजारौं शरणार्थिलाई भड्काएर यूरोपेली संघका साथ सीमा संकट उत्पन्न गराएको आरोप लगाइएको छ । लुकाशेको माथि कोविडको फर्जी उपचार र त्यस बारेमा गलत सूचनाना फैलाएको आरोप लगाइएको छ ।

तस्बिर : गेट्टी इमेज

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड