जोर्डनको संसद हलमै सांसदहरुबीच मुक्का हानाहान भएपछि ढले उपसभामुख, भिडियो बन्यो भाइरल — OSNepal

जोर्डनको संसद हलमै सांसदहरुबीच मुक्का हानाहान भएपछि ढले उपसभामुख, भिडियो बन्यो भाइरल

LC (KTM) December 29, 2021 0

काठमाडौं १४ पौष । जोर्डनको संसद भवन भित्रै नै सांदहरुबिच कुटाकुट भएको छ ।

संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वभाविक भनाई राखेपछि तितरवितर भएका सांसदहरुबिच मुक्का हानाहान भएको हो ।

सत्ता प्षका एक सांसदले अस्वभाविक मन्तव्य राखेपछि विवाद र्सिजना भएको थियो । उक्त सांसदलाई आफ्नो भनाई फिर्ता लिन समेत आग्रह गरिएको बताइएको छ ।

समाचार एजेन्सीहरुले दिएको जानकारी अनुसार संसदमा सभामुखले उपसभामुखलाई सदन छोड्न भनेर उर्दी गरेपछि विवाद सृजना भएको हो ।

मुक्का हानाहान भएको भिडियो समेत सामाजिक सञ्जालमा भाइरहल भएको छ । भिडियोमा मुक्का हानाहानमा उपसभमुख भुँइमै ढलेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर