१० लाख पटकमा एक पटक हुने यस्तो ठुलो दुर्घटनाबाट बच्यो यो विमान, विमानमा थिए २ सय यात्रु — OSNepal

१० लाख पटकमा एक पटक हुने यस्तो ठुलो दुर्घटनाबाट बच्यो यो विमान, विमानमा थिए २ सय यात्रु

LC (KTM) December 29, 2021 0

काठमाडौं – ब्रिटिस एयरवेजको एक विमान ठुलो दुर्घटनाबाट बचेको छ । १० लाख पटकमा एक पटक हुने यस्तो घटनामा यस पटक ब्रिटिस एयरवेजको विमान परेको छ ।

बोइङ ७७७ विमान ३५ हजार फिटको उचाइमा उडिरहँदा सोही समयमा एउटा बरफको टुक्रा आएर विमानमा ठोकियो र विमानको हावा छेक्ने सीसा फुट्यो ।

जसको बाबजुत पनि पाइलटले विमानलाई सुरक्षित अवतराण् गरेका छन् । घटना हो , क्रिसमसको दिन लन्डनको गेठविकबाट कोस्टारिकाको स्यान जोसको यात्रामा यस्तो भएको हो ।

उक्त विमानमा २०० सय यात्री सवार रहेका थिए । उक्त विमान पुन लन्डननै फर्किएको थियो । विन्डस्क्रिनको मर्मतका कारण उक्त विमानले दुई ढिला फ्लाइट भरेको थियो ।

स्रोतका अनुसार उक्त विमानमा एक विवाहित जोडी थिए । जो क्रिसमसका लागि गेटविकको बाटो गरी एडिनबर्गस्थित आफ्नो घरमा फर्किने योजना बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर