सानैमा रातारात स्टार बनेका बचपनका प्यार फेम सहदेवको स्वास्थ्यमा सुधार , टाउकोमा ५ टाका लगाइयो — OSNepal

सानैमा रातारात स्टार बनेका बचपनका प्यार फेम सहदेवको स्वास्थ्यमा सुधार , टाउकोमा ५ टाका लगाइयो

LC (KTM) December 29, 2021 0

बचपनका प्यार गाएर सेलिब्रेटी बनेका बालम सहदेव दिर्दोलको दुर्घटना भएदेखि नै उनका फ्यानहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । मानिसहरूका ती प्रार्थनाहरूले पनि प्रभाव पारेको छ। दुर्घटना पछि घन्टौ बेहोस रहेपछि सहदेव होशमा आएका छन् । सहदेवको स्वास्थ्यमा बिस्तारै सुधार भइरहेको छ । यी लिटिल स्टारको अनुहारमा मुस्कान फर्किन थालेको छ ।

सहदेवलाई राति अबेर जगदलपुरस्थित डिम्रपाल अस्पतालमा भर्ना गरेपछि चिकित्सकले उनको उपचार सुरु गरेका थिए । तर, सुकमा जिल्ला अस्पतालमा नै सहदेवको टाउकोमा ५ वटा टाँका लगाइयो । अर्कोतर्फ जगदलपुरको डिम्रापाल अस्पतालमा सिटी स्क्यानपछि सहदेवलाई १२ घण्टा आईसीयूमा निगरानीमा राखिएको थियो । सहदेव अहिले स्वस्थ छन् र कुरा पनि गरिरहेका छन् ।

उनको स्वास्थ्यमा निकै सुधार आएको छ । आफन्तको आग्रहपछि सहदेव दिर्दाेललाई थप उपचारका लागि रायपुर पठाइएको छ । हाल सहदेवको ज्यान खतरामुक्त छ । डिम्रापाल अस्पतालका सुपरिटेन्डेन्ट टिकु सिन्हाले सहदेवको स्वास्थ्यमा निकै सुधार आएको बताए । अहिले उनी परिवारका सदस्यसँग पनि कुराकानी गरिरहेका छन् ।

सिटी स्क्यान रिपोर्टमा पनि गम्भीर चोटपटक नदेखिएको बताइएको छ । तर, डिम्रपाल अस्पतालमा न्यूरोसर्जन नभएकाले परिवारको आग्रहपछि सहदेवलाई रायपुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर