OSNepal शुक्रबार, माघ ७ २०७८

यिनै हुन् बसले ठक्कर दिदा अकालमै ज्यान गुमाएका ३५ वर्षीय बैंक म्यानेजर अनुराग,जसको निधनले शोकमा डुब्यो गाउँ

यिनै हुन् बसले ठक्कर दिदा अकालमै ज्यान गुमाएका ३५ वर्षीय बैंक म्यानेजर अनुराग,जसको निधनले शोकमा डुब्यो गाउँ

  • OSNepal
  • बुधबार, पौस १४ २०७८


यिनै हुन् बसले ठक्कर दिदा अकालमै ज्यान गुमाएका ३५ वर्षीय बैंक म्यानेजर अनुराग,जसको निधनले शोकमा डुब्यो गाउँ
Reading Time: < 1 minute

कपिलवस्तु, १४ पुस – कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिक- १ पिपराका अनुराग पाण्डेकाे दुर्घटनामा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए ।

बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएकाे हाे । मंगलबार राति भएकाे दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् । पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।

बैतडीमा याे वर्ष पहिलाे पटक हिमपात, गहुँबाली सप्रिने आशा : बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ । पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भइरहेको हाे ।
हिमपात अहिले पनि जारी छ ।

हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन् ।

वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएकाे पाटन नगरपालिका-९ का किसान नरबहादुर भण्डारीले बताए । बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड