एजेन्सी – बलिउड अभिनेता अर्जुन कपुरलाई पुनं कोरोना संक्रमण भएको छ। करिश्मा कपुरले आयोजना गरेको क्रिसमसको पार्टीमा सहभागी भएका उनलाई कोरोना पोजेटिभ भएपछि प्रेमिका मलाइका तनाबमा रहेको बताइएको छ ।
किनिकी उक्त पार्टीमा मलाइका पनि अर्जुनसँगै थिइन् । अनिल कपुरकी छोरी रिया कपुर र उनका पति करण बुलानी पनि कोरोनाबाट संक्रमित भएका छन्। कोरोना पोजिटिभ भएपछि उनीहरु अहिले क्वारेन्टीनमा रहेको बताइएको छ ।
अर्जुन कपुरको कन्ट्याक्ट ट्रेसिङमा परेपछि मलाइका अरोरा तनावमा रहेकी हुन् । विभिन्न टेलिभिजन शोहरुमा जजको भूमिका निभाइरहेकी उनी कन्ट्याक्ट ट्रेसिङमा परेपछि तनाबमा परेकी छन् । पछिल्लो समय अर्जुन र मलाइकाले छिट्टै बिहे गर्न लागेको खबर बाहिर आएको थियो ।