तीव्र गतिको कार डिभाइडरमा ठोक्किदा एक जनाको गयो ज्यान, दुई जना घाइते — OSNepal

तीव्र गतिको कार डिभाइडरमा ठोक्किदा एक जनाको गयो ज्यान, दुई जना घाइते

LC (KTM) December 30, 2021 0

काठमाडौँ-भक्तपुरबाट काठमाडौँतर्फ आँउदै गरेको कार दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ आँउदै गरेको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा धनुषा उपमहानगरपालिका–१५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाह रहेका छन् । दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् । घाइते घिसिङको मध्यपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किइसकेका छन् ।डिभाइडरमा ठोक्किएको कार पूर्णरुपमा क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर