अभिनेता सलमान खानले सडकमा रिक्सा चलाएको भिडियोको औधी चर्चा, आखिर किन चलाए ब्यस्त सडकमा यसरी अटो रिक्सा ? — OSNepal

अभिनेता सलमान खानले सडकमा रिक्सा चलाएको भिडियोको औधी चर्चा, आखिर किन चलाए ब्यस्त सडकमा यसरी अटो रिक्सा ?

LC (KTM) December 30, 2021 0

बलिउडका दबंग सलमान खानले गरेका हरेक गतीबिधीले निकै चर्चा बटुल्ने गरेको छ । सलमान खान इन्डस्ट्रीका सबैभन्दा ग्राउन्ड स्टारमा गनिन्छ । जनताको माझमा जान, उनीहरुको रंगमा रंगिन उनी कहिल्यै हिचकिचाउँदैनन् । दर्शकले भाइजानको उपनाम दिएका खानको एउटा भिडियो सार्वजनिक भएको छ जसले फ्यानलाई स्तब्ध बनाएको छ ।

भिडियोमा उनी पनवेलमा अटोरिक्सा चलाएको देखिएका छन् । उनको यो अवतार देखेर फ्यानहरु छक्क परेका छन् । भिडियोमा सलमान खान पनवेलको सडकमा अटो रिक्सा चलाउँदै गरेको देखिन्छ । अटोमा सलमान खान रहेको थाहा पाउने बित्तिकै उनीहरु निकै उत्साहित भए र आफ्नो मोबाइल निकालेर भिडियो बनाउन थाले ।

भिडियोमा सलमान खानको अटोरिक्शामा मानिसहरु बसेको देखिन्छ । भिडियोमा दबंग खान क्याजुअल लुकमा देखिएका छन् । सलमान खान गत हप्ता आफ्नो जन्मदिन मनाउन पनवेल पुगेका थिए। जन्मदिनपछि पनि सलमान खान पनवेलमा परिवार र साथीभाइसँग समय बिताइरहेका छन् ।

सलमान खानको जन्मदिन भन्दा ठीक अगाडि एउटा ठूलो दुर्घटना पनि भयो । दबंग खानलाई उनको पनवेल फार्म हाउसमा सर्पले टोकेको थियो । सलमान खान केही घण्टा अस्पतालमा भर्ना भएका थिए । निको भएपछि अभिनेताले आफ्नो जन्मदिन हर्षोल्लासका साथ मनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर