माओवादीमा नयाँ नेतृत्व चयनका लागि आजै निवार्चन कार्यतालिका प्रकाशन हुने, उम्मेदवारी दर्ता र मतदान घोषणा भने शुक्रबार — OSNepal

माओवादीमा नयाँ नेतृत्व चयनका लागि आजै निवार्चन कार्यतालिका प्रकाशन हुने, उम्मेदवारी दर्ता र मतदान घोषणा भने शुक्रबार

LC (KTM) December 30, 2021 0

काठमाडौं १५ पौष । माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नको लागि आज निवार्चन कार्यतालिका प्रकाशन हुने भएको छ ।

अध्यक्ष प्रचण्डले प्रस्तुत् गरेको राजनीति प्रतिवेदनमाथि २५ वटा समुहले छलफल गरी आ -आफ्नो समुहको निष्कर्ष सुनाइसँगै आज कार्यतालिका सार्वजनिक हुने भएको हो ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले दिएको जानकारी अनुसार भ्याएसम्म आजै मतदाता नामावली पनि सार्वजनिक गर्ने हुने भएको छ ।

थप दुई दिन लम्बिन लागेको महाधिवेशनको उम्मेदवारी दर्ता र मतदान भने शुक्रबार घोषण हुने भएको छ ।

आइतबार बाट सुरु भएको महाधिवेशनमा आज बिहिबार सकिने कार्यतालिका रहेको थियो । तर समय नपुगेपछि महाधिवेशन लब्बाइएको हो ।

प्रवक्ता कृष्ण महराले दिएको जानकारी अनुसार पुरानो र नयाँ गरेर केन्द्रिय सदस्यमा दुई सय ९९ जना रहने भएका छन् ।

यो महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर