४३६ कर्मचारीका लागि लुम्बिनी प्रदेश सरकारले खुलायो विज्ञापन — OSNepal

४३६ कर्मचारीका लागि लुम्बिनी प्रदेश सरकारले खुलायो विज्ञापन

LC (KTM) December 31, 2021 0

काठमाडौं १६ पौष । लुम्बिनी प्रदेश सरकारले ठुलो संख्यामा करार सेवामा कर्मचारी माग गरेको छ । आज प्रदेश सरकारले आज शुक्रबारबाट लागु हुने गरी १५ दिन भित्र आवेदन दिन विज्ञापन खुलाएको हो ।

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन खुलाएको हो ।

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको छ ।

इच्छुक नागरिले मन्त्रालयले तोकेको ढाँचामा तोकिएको समय भित्र आवदेन दिन आग्रह समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर