केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति निर्वाचनमा जान्छौं : प्रचण्ड — OSNepal

केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति निर्वाचनमा जान्छौं : प्रचण्ड

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारी चयनमा आपसी सहमति नभए तोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका छन् ।

आज शनिबार बस्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहमति नभए निवार्चनमा जाने बताएका छन् ।

सबैको कोशिस सहमति भएकाले लोकतान्त्रिक अभ्यास वा जनवादी अभ्यास कुण्ठित गर्ने ढंगले आफुहरु नजाने बताइएको छ ।

‘कुनै पनि लोकतान्त्रिक अभ्यासका लागि आफुहरु तयार भएको बताएका उनले आज अबेर सम्म पनि सकेसम्म सहमति मै जाने प्रयास भइरहेको बताएका छन् ।

केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजेसम्मको दिइएकोमा त्यसपछि सहमति नभए निर्वाचनमा जाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर