हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ : माधव नेपाल — OSNepal

हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ : माधव नेपाल

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले इमान्दारिता पूर्वक काम गर्ने प्रतिबद्धता गरेको बताएका छन् ।

शनिबार तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी तारा जस्तै चम्किएको बताउँदै यस्तो बताएका हुन् ।’हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।’नेपालले भने ।

आफ्नो पार्टीमा युवा, महिला, आदिवासी, जनजाति लगायत सबै उत्साहित भएको भन्दै उनले इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट आफ्नो पार्टी ओतप्रोत भएको समेत बताएका छन् ।

समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको बताएका उनले भने,’गरिबी, अभाव, पछौटेपन अन्त्य, बेरोजगारी अन्त्य, कृषिको विकास, किसानको जीवनस्तर सुधारेर देशलाई अगाडि बढाउने सङ्कल्प लिएका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर