महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक : प्रधानमन्त्री देउवा — OSNepal

महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक : प्रधानमन्त्री देउवा

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका हरेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता भएको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको आज विमोचन गर्दै उनले महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक भएको बताएका हुन् ।

उनले राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति, सभामुख, उपसभामुख तथा गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुख र उपप्रमुख पदमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गरे ।

‘नेपाल मात्रै यस्तो देश हो, जुन देशमा महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिइएको छ, राज्यका हरेक निकायमा महिलालाई आरक्षणको व्यवस्था छ, आफ्नो पार्टी ९नेपाली कांग्रेस० ले पनि ३३ प्रतिशत महिलाहरूलाई आरक्षण दिएको छ,’ उनले भने ।

‘त्यतिमात्रै होइन स्थानीय तहहरूमा पनि महिला सहभागिता सुनिश्चित गरिएको छ, राष्ट्रपति, सभामुख, उपसभामुख पदमा पनि महिलाले नेतृत्व गरिसक्नुभएको छ, त्यसैले धेरै ठाउँमा हामीले महिलालाई आरक्षण दिएका छौँ ।’

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले महिला अधिकार र सहभागिताका सवालमा सरकार तथा राजनीतिक दलहरू पनि गम्भीर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर