कांग्रेसले नेकपा एमाले र जसपा फुटाउन प्रधानमन्त्रीको दावी गर्यो : मन्त्री ढकाल — OSNepal

कांग्रेसले नेकपा एमाले र जसपा फुटाउन प्रधानमन्त्रीको दावी गर्यो : मन्त्री ढकाल

LC (KTM) May 31, 2021 0

काठमाडौं १७ जेठ । संस्कृत , पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले नेकपा एमाले र जनता समाजवादी पार्टी फुटाउन आफुल प्रधानमन्त्रीमा दावी गरेको बताएका छन् । अगामी निवार्चनमा एमाले र जसपालाई विभाजन गरी आफ्नो सत्ता बनाउनेको लागि कांग्रेसले प्रधानमन्त्रीको दावी गरेको मन्त्री ढकालको आरोप रहेको छ ।

आज एक न्युज एजेन्सी साग बोल्दै मन्त्री ढकाले भनेका छन् ,’आगामी आमनिर्वाचनमा जसपा र नेकपा एमालेलाई विभाजनमा लानको निम्ति आफू प्रधानमन्त्री हुने शर्तमा नै यी पार्टीहरू विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरु पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली कांग्रेसजस्तो आफूलाई बहुलवादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरुको घर झगडा गराएर यो खालको काममा लाग्ने कुरा एकदम गलत कुरा हो । दलीय व्यवस्थामा अरु दलको समर्थन मलाई छ भन्ने हाकाहाकी कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? योभन्दा गैरलोकतान्त्रिक कुरा अरु केही हुनसक्छ जस्तो मलाई लाग्दैन’ ।

मन्त्री ढकालले संविधानको ’धारा ७६(५) को दाबीलाई मान्छेहरूले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन् तर बहुदलीय शासन प्रणाली हाम्रो देशमा भएकाले यसले गर्दा दलीय शासन प्रणालीभित्र निर्दलीय आचरण र आकांक्षा अनुरूपको राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ । त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगनमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैंमा विरोधाभाषपूर्ण कुरा हो भन्दै कांग्रेसलाई आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर