देशभर एकैदिन २१६ मा कोरोना संक्रमित थपिए, कतिले ज्यान गुमाए ? — OSNepal

देशभर एकैदिन २१६ मा कोरोना संक्रमित थपिए, कतिले ज्यान गुमाए ?

LC (KTM) January 02, 2022 0

काठमाडौँ, १४ पुस : देशभर पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६३१ जनाको नमूना परीक्षण गरिएको थियो । गत २४ घण्टामा २०९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ४१९ पुगेको छ ।

सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख ८७ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ७० हजार ३२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ६१९ पुगेको छ । कूलमा सङ्क्रमण दर १७ प्रतिशत छ ।

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार ८१२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९७१ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८१ दशमलव सात रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १९ र आइसियूमा ८३ जना रहेका छन् । होम आइसोलेशनमा चार हजार ७४७, संस्थागत आइसोलेशनमा २२४ रहेको छ । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार चार, ललितपुर ५८९ र भक्तपुरमा ४९७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । (रासस)
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर